मुक्तक
तोमनाथ उप्रेती
१. “म” धेरै ठूलो भयो भने सत्य सानो देखिन्छ,
आफू उज्यालो हुँदा अरू अन्धकार लाग्छ।
अहंकारको चश्मा लगाएर हेरेको संसार,
जहाँ सब गल्ती अरूको, आफैं निर्दोष लाग्छ।
२. राजा पनि ढले, ज्ञानी पनि भासिए,
कारण एउटै थियो—आफूलाई नचिन्ने अहं।
जित आत्मामाथि हो, अरूमाथि होइन,
जो यो बुझ्छ, ऊ नै साँचो अर्थमा महान्।
प्रतिक्रिया