हाइकुहरू
तोमनाथ उप्रेती
१.
अँध्यारो हृदय
यन्त्रले उज्यालो ल्यायो
आत्मा मौन छ।
२.
तारामा पाइला
तर भुलियो दिशा
मनको मार्ग हरायो।
३.
ज्ञान बढिरह्यो
तर विवेक सुकियो
सत्य धूलोमा।
४.
सङ्गीत बजिरह्यो
आत्मा सुनसान थियो
शब्दमा शून्यता।
५.
सहिष्णुता हरायो
सुखको भ्रम डुबायो
सभ्यता ढल्दै।
६.
प्रविधि हातमा
हृदयले अर्थ दिन्छ
आत्मा मुक्त हुन्छ।
७.
करुणा धूलोमा
निष्ठा बजारमा बिक्यो
मौन समाज रोयो।
८.
शान्ति बाहिर छैन
हृदयको दीप उज्यालो
मनको मन्दिर।
९.
प्रेम केवल भावना,
परम सत्यको स्वरूप—
अनन्त श्वास हो।
१०.
उठ, हे मानव!
आत्मा धूलो झार
चेतना अनन्त।
प्रतिक्रिया