हाइकुहरू
तोमनाथ उप्रेती
१.
सत्ता अस्थायी
सेवा भावको प्रकाश
नेतृत्व चम्किन्छ।
२.
ईर्ष्या घटाउँदा
लोकतन्त्र बलियो हुन्छ
जनताको विश्वास।
३.
टिकट पारदर्शी
योग्यता र निष्ठामा
दल एकताबद्ध।
४.
सञ्जालको शक्ति
झुटा कुरा फैलाउँछ
सचेत रहौं हामी।
५.
गठबन्धन सत्ता
स्वार्थभन्दा माथि उठोस्
नीति बनोस् सफा।
६.
आत्मबोध जागे
नेता विनम्र, निष्ठावान
समाज चम्किन्छ।
७.
मतदाता सचेत
झुटा प्रचार नमान्ने
लोकतन्त्र बचाउँ।
८.
सहिष्णुता सुम्ना
द्वेष हटेर मिलन हुन्छ
शान्ति फुल्छ देश।
९.
राजनीतिक मार्ग
सेवा, सत्य र विवेक
नेतृत्व देखाउँ।
१०.
निर्वाचन दिन
सत्य, न्याय र विश्वास
राष्ट्रिय हित।
प्रतिक्रिया