logo
  • २०८२ चैत्र ३ | Tue, 17 Mar 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

    १.
    अन्तरदीप बल्यो
    अँध्यारो पूर्वाग्रह ढल्यो
    समाज उज्यालो

    २.
    करुणाको श्वास
    मनदेखि मनसम्म पुल
    द्वेष टाढा गयो

    ३.
    शुद्ध चेतना
    ‘म’ बाट ‘हामी’ यात्रामा
    समरस युग

    ४.
    ध्यानको निस्तब्ध
    अहंकार पग्लिँदैछ
    शान्ति अंकुरायो

    ५.
    विविध फूलहरू
    एउटै बगैँचामा फुल्छन्
    सहिष्णु सुवास

    ६.
    सत्यको किरण
    लोभ–क्रोध क्षीण भए
    हृदय निर्मल

    ७.
    उज्यालो आत्मा
    समाजमा विश्वासको
    नयाँ बिहान

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र ३, मंगलवार १८:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP