हाइकुहरू
तोमनाथ उप्रेती
१.
मन स्थिर भयो
भित्र उज्यालो फक्र्यो
जीवन मुस्कायो।
२.
इच्छा नियन्त्रित
आवेगहरू शान्त भए
चेतना उड्यो।
३.
क्रोध गलायो
धैर्यले ढोका खोल्यो
शान्ति भित्रै छ।
४.
लोभको आँधी
संयमले रोकेपछि
आकाश सफा।
५.
वर्तमान क्षण
सचेत साससँगै
जीवन सुन्दर।
६.
मनको डोरी
आफ्नै हातले बाँध्यो
स्वतन्त्र आत्मा।
७.
चिन्ता बग्यो टाढा
स्थिर सोचको शक्ति
मार्ग उज्यालो।
८.
ईर्ष्या विलायो
स्नेहले ठाउँ लियो
सम्बन्ध फुले।
९.
आत्म अनुशासन
भित्रको मौन शक्ति
मानव उज्यालो।
१०.
शान्त मनभित्र
सफलताको बीउ
सद्भाव फक्र्यो।
प्रतिक्रिया