हाइकुहरू
तोमनाथ उप्रेती
१.
ईर्ष्या ज्वाला
मनभित्रै दन्किन्छ
शान्ति भस्म हुन्छ।
२.
तुलनाको विष
आत्मालाई पोलिरह्यो
स्नेह ओइलायो।
३.
अहंकार गर्ज्यो
सद्भाव टुक्रियो
मन रणभूमि।
४.
मात्सर्य बढ्यो
विश्वास ढल्दै गयो
सम्बन्ध चिरियो।
५.
संयमको ढाल
क्रोधका तीर रोक्छ
शान्ति विजय।
६.
स्वधर्म दीप
ईर्ष्याको रात चिर्छ
मार्ग उज्यालो।
७.
ध्यानको श्वास
आवेग शान्त पार्छ
हृदय निर्मल।
८.
लोभको आँधी
विवेकले थामिदियो
आकाश सफा।
९.
स्नेहको स्पर्श
द्वेष पग्लेर बग्यो
मैत्री फक्र्यो।
१०.
शुद्ध मनभित्र
सद्भाव अंकुरायो
मानव उज्यालो।
प्रतिक्रिया