logo
  • २०८३ जेष्ठ १० | Sun, 24 May 2026
  • हाइकुहरू

     

    तोमनाथ उप्रेती

    १.
    भ्रष्ट जुका झैं
    रगत चुस्दै समाजमा
    शान्ति हरायो।

    २.
    जनताको काँध
    भारी बोझ बोकिरहे
    शासन सुतेको।

    ३.
    गोलीको आवाज
    न्याय रोइरहेछ यहाँ
    आकाश सुनसान।

    ४.
    भित्र पर्दाभित्र
    षड्यन्त्रको जाल फैलियो
    सत्य लुकेको।

    ५.
    विद्यार्थी रोए
    भविष्यको बाटोमा
    रगत बग्दैछ।

    ६.
    सरकार मौन
    आँसु पिएर जनता
    आक्रोश बढ्छ।

    ७.
    भिख होइन न्याय
    जनताले मागे तर
    गोली भेटियो।

    ८.
    गोबर फाले झैं
    नेता उडाइन्छ यहाँ
    जनताको क्रोध।

    ९.
    सत्ता अन्धो छ
    दर्पण फुटेको जस्तै
    सत्य हरायो।

    १०.
    भ्रष्टको जालो
    देशभरि फैलिँदैछ
    विषको वर्षा।

    ११.
    न्यायको ढोका
    ताला लागेको जस्तै
    आशा थाक्यो।

    १२.
    सडक रोइरहे
    रातभरि चिच्याउँछ
    क्रान्तिको घाउ।

    १३.
    षड्यन्त्र गहिरो
    भित्रैबाट खोक्रो देश
    चेतना जाग्छ।

    १४.
    रगतको माटो
    भविष्य उम्रिन खोज्छ
    तर डर छाया।

    १५.
    जनताको आगो
    अहंकार जलाउँछ
    नयाँ बिहान।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ ३, आईतवार २१:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP