सिरहा। सिरहाबाट प्रहरीले एक जना महिलासहित १२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार एघार पुरुष र एक महिलासहित १२ जना फरार अभियुक्त पक्राउ गरेको हो।
मंगलबार दिनभित्र जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालयवाट खटिईएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई जरिवाना भुक्तान बाँकी रहेका १२ जना फरार अभियुक्तलाई पक्राउ गरेको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले बताए ।
सिरहा प्रहरी प्रवक्ता पासवानका अनुसार पक्राउ परेका उनीहरुको साथबाट एक हजार एक सय १० रुपैयाँ जरिवाना असुल गर्न बाँकी थियो। उनीहरुलाई प्रकाउ गरि सिरहा जिल्ला अदालतमा लागत कट्टा गराएको सिरहा प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये सबैभन्दा बढी कुटपिट मुद्दाका छ जना छन्। भने जालसाजी चार जना र चन्दा ,करकाप कसुरका एक–एक जना रहेकाछन्।
प्रतिक्रिया