logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • धितोमा टाँगिएको देश : ऋणको रङ्गमञ्चमा नाच्ने जनता

    धितोमा टाँगिएको देश : ऋणको रङ्गमञ्चमा नाच्ने जनता

    धितोमा टाँगिएको देश : ऋणको रङ्गमञ्चमा नाच्ने जनता

    तोमनाथ उप्रेती

    धितोमा टाँगिएको देश
    मानो कुनै पुरानो फोटो
    नेताका भित्तामा टाँसिएको
    जनताले तिनै भित्तामा टाउको ठोकिरहेको।

    ऋणको रङ्गमञ्चमा
    जनता नचाइँनचाइँ नाचिरहेका
    साहूजीको तालमा हाँसिरहेका
    ब्याजको डमरुको आवाजमा थर्किरहेका।

    नेता भने
    देश विकासको महामार्गमा छ,
    तर महामार्गको ढुंगामै
    जनताको स्वप्न–जुत्ता फाटिसक्यो।

    उखु किसान रोए
    उद्योग–कलकारखाना सुँक्कसुँक्क बिलाए
    ज्येष्ठ नागरिकले पेटमा चान पनि भेटेनन्।

    तर नेता भने
    सबै ठिक छ, चुनाव आउँदैछ।

    हो, यहीँ रङ्गमञ्चमा
    जनताले ताली बजाउँछन्
    आफैलाई बजाईरहेछन् भन्ने थाहा नपाई।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ मंसिर १२, शुक्रबार १२:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP