logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

    तोमनाथ उप्रेती

     

    १.

    तुलना फालियो
    आत्मबोधको बाटो खुल्यो
    मन फुल्यो मधुर।

    २.
    असन्तोष मेटियो
    करुणा फुल्यो हृदयमा
    साझा आनन्द आयो।

    .
    ईर्ष्याले जलाउँछ
    अहंकार बाँध्छ मनमा
    विवेकले तोड्छ।

    .
    ध्यानको उज्यालो
    छायामा लुकेको ज्ञान
    मनलाई छेड्छ।

    .
    ‘म’ बाट ‘हामी’ भयो
    असन्तोषमा पूर्णता छायो
    जीवन शान्त भयो।

    .
    समर्पण, सेवा, प्रेम
    ईर्ष्याको अन्धकार हटायो
    अस्तित्व बन्छ उज्यालो।

    .
    स्वयंलाई चिनेपछि
    सत्यको मार्ग प्रकट भयो
    मन स्थिर भयो।

    .
    ईर्ष्याबाट मुक्त
    विवेकले जीवन सजायो
    प्रकाश फैलियो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन १९, मंगलवार १२:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP