हाइकुहरू
तोमनाथ उप्रेती
१.
अशान्त मनभित्र
धुवाँले ढाक्यो उज्यालो
समाज डग्मगाउँछ।
२.
नेताको द्विविधा
नीति बन्छ अस्थिर
विश्वास हराउँछ।
३.
अन्तर्मन शान्त
दीपकझैँ बालिरहे
सन्तुलन फुल्छ।
४.
लोभ र क्रोधले
चेतनामा छायाँ हाल्यो
सहकार्य टुट्यो।
५.
विवेक जागे
करुणाले बाटो देखायो
समाज स्थिर भयो।
प्रतिक्रिया