logo
  • २०८३ असार ६ | Sat, 20 Jun 2026
  • हाइकुहरू  

    हाइकुहरू   

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    १.
    जनताको स्वर
    गोलीझैँ उड्छ आकाश,
    नेता बहिरा।

    २.
    मतपत्र भित्र
    लुकेको आक्रोश छ
    मौन विस्फोट।

    ३.
    पुरानो सत्ता
    ढलेको धुलो जस्तो
    आँखा अझै धमिलो।

    ४.
    नयाँ अनुहार,
    विश्वास आधा मात्र
    शंका पूर्ण।

    ५.
    परिवर्तनको
    नारा मात्र गर्जियो
    नीति हरायो।

    ६.
    सडकको धूलो
    सत्तामा पुग्दा पनि
    धूलो नै रह्यो।

    ७.
    मतदाता भन्छ
    “हेरौँ त नयाँलाई,”
    विश्वास होइन।

    ८.
    आक्रोशको भीड
    नेता जन्माउँछ छिटो
    संस्था ढिलो।

    ९.
    बहुमतको बल
    यदि विवेक हरायो
    तानाशाही जन्म।

    १०.
    लोकतन्त्रको
    ढोका खोल्छ रिसले
    घर कसले बनाउँछ?

    ११.
    नकारात्मक
    मतको चिसो धार
    नेता काँप्छन्।

    १२.
    पुरानोलाई
    दण्ड दिने उत्साह
    नयाँ परीक्षा।

    १३.
    सत्ता बदल्यो,
    चरित्र उही रह्यो
    दर्पण फुटेन।

    १४.
    जनताको आँखामा
    आशा र डर सँगै
    अस्पष्ट भविष्य।

    १५.
    आलोचना मर्यो
    त्यसै दिनदेखि नै
    निरंकुश जन्म।

    १६.
    नयाँ लहरमा
    पुरानो सोच लुकेको
    छलावरण शक्ति।

    १७.
    नेताले सुने
    तर बुझेनन् मन,
    टुट्यो भरोसा।

    १८.
    मतको गोली
    लाग्छ सत्ताको छाती
    घाउ गहिरो।

    १९.
    परिवर्तनको
    नाममा खेलिएको
    शक्तिको खेल।

    २०.
    जनता मौन
    तर भित्र गर्जन्छ
    अर्को विस्फोट।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ असार ६, शनिबार ०६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP