logo
  • २०८२ फाल्गुन १८ | Mon, 02 Mar 2026
  • लेटी मावि गोविन्दपुरको ६८औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    लेटी मावि गोविन्दपुरको ६८औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    मोरङ, रतुवामाई — मोरङ जिल्लाको रतुवामाई नगरपालिका–५ स्थित लेटी माध्यमिक विद्यालय गोविन्दपुरको ६८औं वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विसं २०१४ मा स्थापित यस विधालयले आफ्नो स्थापनाको ६८ वर्ष पुरा गर्दै शैक्षिक, भौतिक तथा सामुदायिक उपलब्धिहरूको उत्सवपूर्वक समिक्षा गरेको हो।

    उक्त कार्यक्रमको प्रमुख अतिथि रतुवामाई नगरपालिकाका नगर प्रमुख श्री नागेश्वर प्रसाद सिंह गनगााई रहनु भएको थियो। कार्यक्रमका विशेष अतिथिका रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक तोमनाथ उप्रेती, रतुवामाई नगरपालिका शिक्षा शाखा प्रमुख श्री रविन्द्र कुमार पण्डित, पूर्व प्रधानाध्यापक श्री रूपनारायण मिश्र, नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालयका शाखा अधिकृत श्री टेकनाथ शर्मा, वडा नं. ५ का अध्यक्ष श्री सोमनाथ कार्की तथा शिक्षक अभिमन्यु खरेल, समाजसेवी तथा दानविर बल शहादुर बस्नेत, विधालय व्यवस्थापन समितिका अध्यक्ष माो. शमसेर, शिक्षक, कर्मचारी तथा स्थानिय वद्धिजिवी लगायतको भव्य उपस्थिति रहेको थियो।

    विद्यालयका वर्तमान प्रधानाध्यापक श्री मेघनाथ कोइरालाले मन्तव्यमा विद्यालयको ऐतिहासिक पृष्ठभूमि, हालको अवस्था, भौतिक पूर्वाधार, समस्याहरू र आगामी योजना प्रस्तुत गर्नुभयो। उहाँले विद्यालयको स्थापनादेखि हालसम्मको शैक्षिक यात्रा, सामुदायिक योगदान र विद्यार्थीहरूको प्रगतिको विवरण प्रस्तुत गर्दै शिक्षक तथा समुदायको योगदानलाई प्रशंसा गर्नुभयो।

    प्रधानाध्यापक कोइराला, एक कुशल शैक्षिक नेतृत्वकर्ता तथा प्रगतिशील सोच भएका शैक्षिक अभियन्ता हुनुहुन्छ, उहाँको नेतृत्वमा विद्यालयले पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तन ल्याउँदै आएको छ। उहाँले विद्यालयको हालको भौतिक संरचना, प्रविधिको प्रयोग, पुस्तकालय, प्रयोगशाला तथा अतिरिक्त क्रियाकलापहरूको विकासलाई प्रमुख प्राथमिकता दिएको जानकारी दिनुभयो। तथापि, उहाँले केही आधारभूत पूर्वाधार अभाव, शैक्षिक सामग्रीको कमी तथा जनशक्ति व्यवस्थापनको समस्याबारे पनि उल्लेख गर्दै तिनको समाधानको लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

    प्रमुख अतिथि रतुवामाई नगरपालिकाका नगरप्रमुख श्री नागेश्वर प्रसाद सिंह गङ्गाइले विद्यालयको दीर्घकालीन शैक्षिक योगदानप्रति सम्मान व्यक्त गर्दै नगरपालिकाबाट यथासम्भव सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विद्यालय शिक्षालाई समावेशी, गुणस्तरीय र प्रविधिमैत्री बनाउने कार्यमा स्थानीय सरकार अझ सक्रिय र उत्तरदायी बन्ने बताउनुभयो। विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षण प्रविधिको प्रयोग, र विद्यार्थीको समग्र विकासमा नगरपालिका सधैं साथमा रहने उल्लेख गर्दै उहाँले शिक्षा नै समाज परिवर्तनको प्रमुख साधन भएकाले सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यालयलाई नमूना शिक्षालय बनाउने लक्ष्यमा स्थानीय सरकार तत्पर रहेको बताउनुभयो।

    विशेष अतिथिका रूपमा सहभागी कोष तथा लेखा नियन्त्रक कार्यालय, मोरङका प्रमुख कोष नियन्त्रक श्री तोमनाथ उप्रेतीले विद्यालयले विगतका वर्षहरूमा भौतिक पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति गरे तापनि हालको आवश्यकतालाई हेर्दा ती संरचनाहरू अपर्याप्त रहेको स्पष्ट गर्नुभयो। उहाँले विद्यार्थी संख्या, पठनपाठनको गुणस्तर र प्रविधिमैत्री शिक्षणका लागि विद्यालयले थप पूर्वाधार विकासमा ध्यान दिनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उप्रेतीले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नरहेर सिकाइको वातावरण निर्माणमा निर्भर हुने भएकाले सशक्त भौतिक पूर्वाधार शिक्षाको मेरुदण्ड हुने बताए। साथै, स्थानीय तह र सरोकारवाला निकायको सहयोग आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।

    रतुवामाई नगरपालिका शिक्षा शाखा प्रमुख श्री रविन्द्र कुमार पण्डितले कार्यक्रममा विद्यालयमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्नुपर्नेमा विशेष जोड दिनुभयो। उहाँले शिक्षकहरूलाई प्रभावकारी पठनपाठन, अनुशासन र विद्यार्थी–मैत्री शिक्षण पद्धतिको पालना गर्न निर्देशन दिनुभयो। पण्डितले विद्यालयमा उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरी शैक्षिक नतिजा सुधार गर्न आग्रह गर्नुभयो। साथै, उहाँले विद्यार्थी संख्या, पूर्वाधार र शैक्षिक गुणस्तरको समायोजनका लागि विद्यालय गाभ्ने प्रक्रिया अगाडि बढाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। गुणस्तर वृद्धि तथा दीर्घकालीन सुधारका लागि स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूबीच समन्वय अपरिहार्य रहेको उहाँले स्पष्ट पार्नुभयो।

    पूर्व प्रधानाध्यापक मिश्रले विद्यालयको प्रारम्भिक इतिहास र चुनौतीपूर्ण दिनहरूको स्मरण गर्दै शिक्षक, अभिभावक र समुदायको समर्पणले आजको अवस्था सम्भव भएको उल्लेख गर्नुभयो। उहाँले भावी दिनमा अझ बढी प्रतिबद्धता र पारदर्शी व्यवस्थापनमार्फत विद्यालयले नयाँ उचाइ हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

    समाजसेवी बलबहादुर केसीले विद्यालयमा गरिएका पूर्वाधार विकास कार्यहरूमा आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै, शिक्षालाई समाज रूपान्तरणको मूल आधारका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले आर्थिक, भौतिक र नैतिक सहयोगका माध्यमबाट विद्यालयलाई थप सक्षम बनाउन समाजले अग्रसर हुनुपर्ने धारणा राख्नुभयो।

    वडाध्यक्ष सोमनाथ कार्कीले स्थानीय सरकारको तर्फबाट विद्यालयको आवश्यकता र योजनाहरूलाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो। विद्यालयलाई नमूना शिक्षालय बनाउने लक्ष्यमा वडा कार्यालय सधैं तयार रहेको भन्दै उहाँले सबै सरोकारवालाहरूलाई सहकार्यका लागि आह्वान गर्नुभयो। तीनै जनाले विद्यालयको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो प्रगति होस् भन्ने कामना व्यक्त गर्नुभयो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मो. समशेरले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयको विकासका लागि आगामी दिनहरूमा अझ बढी प्रतिबद्धता जनाउँदै पारदर्शी तथा उत्तरदायी व्यवस्थापन प्रणालीमार्फत विद्यालयले नयाँ उचाइ हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रलाई सशक्त बनाउने प्रयत्नमा समितिको सक्रिय भूमिका रहने बताउँदै शिक्षक, अभिभावक, समुदाय तथा स्थानीय तहबीच सहकार्य र संवाद आवश्यक रहेकोमा जोड दिनुभयो। अध्यक्ष समशेरले विद्यालयको गुणस्तर वृद्धि, पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण निर्माणमा समितिको निरन्तर प्रयास जारी रहने स्पष्ट पार्नुभयो। उहाँले सबै पक्षको सहकार्यले मात्र विद्यालयको सपना साकार हुने धारणा राख्नुभयो।

    उक्त कार्यक्रम विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा पुरस्कार वितरणका साथ सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २८, बुधबार २०:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP