logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • तीस बर्षदेखि फरार रहेको मियाँ प्रहरीको नियन्त्रणमा

    तीस बर्षदेखि फरार रहेको मियाँ प्रहरीको नियन्त्रणमा

    रामशंकर भण्डारी

    राजविराज । सिरहा प्रहरीले फरार प्रतिबादि नियन्त्रणमा तिब्रता देखाएको छन् ।

    आइतबार  जिल्लाकै सिरहा नगरपालिका–१६ माडरका ५७ वर्षीय सकुर मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मियाँलाई आफ्नै घरमा  लुकीछिपी बसिरहेकाे अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

    पक्राउ परेकाे मियाँमाथि जिल्ला अदालत सिरहाबाट विसं. २०५० असार २३ गते १ वर्ष कैद र ५ हजार जरिवाना फैसला भएको थियो।

    उनलाई  जिल्ला अदालतमा पेश गरि थप कानुनी कारबाहीका लागि सिरहा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाकाे सुचना अधिकारी तथा डिएसपी विरेन्द पासवानले बताए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ४, आईतवार २३:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP