बोदेबरसाईन।सप्तरीको डाक्नेश्वरी नगरपालिका- ८ का ३२ बर्षिय राज कुमार खंगको घाँटी रेटी हत्या गरेको आरोपमा एकजना पक्राउ परेको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका-९ का २१ बर्षीय तुलसी देवी सरदार रहेको छ।
उनलाई बिहिवार राती सुनसरी इनरुवा नगरपालिका-९ स्थित बबियाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको प्रहरीले जनाएको छ । सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसंग आवश्यक समन्वय पश्चात् राती १० बजे नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
सरदारको साथबाट मृतकले प्रयोग गर्ने गरेको मोबाइल सेट, घटनामा प्रयोग भएको चक्कु फेला परेको उनले जानकारी दिए । अभियुक्तलाई कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डिएसपी बस्नेतले बताए ।
सप्तरीको राजगढ गाउँपालिका-४ पिप्राहीमा बिहीवार घाँटी रेटिएको अवस्थामा खंगको शव फेला परेको थियो ।
स्थानीयले बिहान ८ बजे शव देखेपछि प्रहरीलाई जानकारी हुनसाथ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान टोली खटी शवको पहिचान गरेको डिएसपी बस्नेतले बताए ।
घटना स्थलमा प्रहरी टोली पुगी प्रारम्भिक अनुसन्धान गर्दा मृतक खंगको पहिचान गरी घटना स्थलमा मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटी अनुसन्धान कार्यलाई तिब्रता दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया