logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • सप्तरीमा चल्यो गोली, लागुऔषध कारोबारी पक्राउ

    सप्तरीमा चल्यो गोली, लागुऔषध कारोबारी पक्राउ

    राजविराज।सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीबिरपुरबाट लागुऔषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    प्रहरीले पक्राउको क्रममा नियन्त्रण प्रयास गर्दा दुई राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतम कुमार केसीले जानकारी दिए।

    पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–१ का विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार आरोपीहरूको साथबाट करिब २ सय ग्राम खैरो हेरोइन बरामद गरिएको छ। ब्युरोको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा अनुसन्धान अगाडि बढाइरहेको एसपी केसीले बताए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १८, आईतवार १३:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP