राजविराज। सप्तरीको रुपनी गाउँपालिकामा निर्माण गरिएको खुल्ला व्यायामशालामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार व्यायामशालाको नापजाँच र मूल्यांकन गरेका छन् ।
रुपनी गाउँपालिका वडा नम्बर १ मा आर्थिक बर्ष २०८०/८१ को वडा स्तरीय बजेटबाट ‘स्वास्थ्य जीवनको लागि खुल्ला ब्यायामशाला’ मा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानबिन शुरु गरेको हो ।
वडा अध्यक्ष लिला यादवले एमी बिल्डर्स एण्ड सप्लायर्ससँग आर्थिक लाभ लिई अत्यधिक मुल्य (विनियोजन बजेट भन्दा ४५ रुपैयाँ ४२ पैसा मात्रै कम) मा सम्झौता गरेको तथा उक्त काम गर्दा कमसल, गुणस्तरहीन सामग्री प्रयोग गरी खुद्रा बजार मूल्य भन्दा पनि अत्यधिक बिल भरपाई बनाएको सम्बन्धमा अख्तियारले छानबिन शुरु गरेको हो ।
मिलोमतोमा काम भन्दा बढीको मूल्यांकन किताब खडा गरी रु ९ लाख ५३ हजार ७५३ भुक्तानी निकाली भ्रष्टाचार गरेको भन्दै परेको उजुरीको आधारमा अख्तियारले छानबिन अघि बढाएको हो ।
बजार मूल्यभन्दा बढी बिल बनाएर प्राविधिक, बडा अध्यक्ष र एमी बिल्डर्स एण्ड सप्लायर्सको मिलोमतोमा जिम संञ्चालन गर्ने खरिद भएको गुणस्तर हिन सामाग्रीको स्पेशिफिकेसन समेत नदेखिएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।सभार: ग्रीन मधेश अनलाइनबाट
प्रतिक्रिया