लोकेन्द्र यादव⁄रासिन्द्र यादव
बोदेबरसाईन। सप्तरीको खडक नगरपालिका–१ अन्तर्गत रहेका साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिस्वा बेल्हीको सोमबार १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। खडक नगरपालिकाको नगरप्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यमा तथा संस्थाका अध्यक्ष विष्णु देव मंडलको अध्यक्षतामा भएको साधारण सभामा शेयर सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार, स्थानीय बुद्धिजीवीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
“साना किसानको समृद्धि, कृषिको रुपान्तरण र उद्यमशीलताको विकास” भन्ने नाराका साथ आयोजित सभामा गत वर्षको प्रगतिप्रति समिक्षा, आगामी नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन, नियमावली संशोधन लगायतका प्रस्तावहरूबारे विस्तृत छलफल गरिएको आयोजक संस्थाले जनाएको छ।
यस्तै नगरप्रमुख जय प्रकाश चौधरीले दुध संकलन केन्द्र स्थापनाको समेत समउद्घाटन गर्नु भएको छ। संस्थाले चिलिङ्गभेट मेसिन खरिद गरि प्रति ५ सय लिटर दुध संकलन गर्ने लक्ष्य राखेको छ।
सभामा कार्यक्रममा सहभागीहरूले साना किसानको आर्थिक सशक्तीकरण, सहकारीको पहुँच विस्तार, कृषिमा प्रविधिकरण तथा उद्यमशिलताको प्रवद्र्धनका लागि सहकारीको भूमिकालाई अझ सुदृढ बनाउनु पर्ने सुझाव राखेका थिए। ग्रामिण क्षेत्रको समृद्धिको अधार तय गरि रहेका श्री साना किसान कृषि सहकारी संस्था सिस्वा बेल्हीको स्थापना विसं.२०६२ चैत्र १३ गते भएको थियो।
स्थापना कालमा ७२ जना सेयर सदस्य र रु. ४२ लाख ५३ हजार पुंजीबाट सुरु भएको सहकारीको कुल पुंजी रु. १६ करोड ५६ लाख ९९ हजार पुगेको छ। खडक नगरपालिकको वडा नम्बर१,२र८ मा कार्यक्षेत्र रहेका सहकारीमा अहिले महिला ५सय ९३ र पुरुष २ सय४० गरि कुल ८ सय ३३ जना सेयर सदस्य पुगेको छ। सहकारीले कृषि कर्म गर्न स्थानीय किसानलाई सहुलियत दरमा कर्जा लगानी गर्ने गरेको छ।यस्तै खुद्रा पसल लगायतका क्षेत्रमा ऋण लगानी गर्ने गरेका छन्।
संस्थाले २०८१/०८२ मा रु. १३ करोड ७६ लाख ४१ हजार रुपैयाँ ऋण लगानी गरी रु. ७६ लाख ७६ हजार ब्याजबाट नफा कमाएको संस्थाको प्रबन्धक सरबन कुमार साहले जानकारी दिनुभयो। संस्थाले स्थानीय गाई,भैँसी पालक किसानलाई नस्ल सुधार कार्यक्रम संचालन सेवा समेत दिईरहेको बताए।

सबल नेपाल र सेभ द चिल्ड्रेनको समुन्नति परियोजनाले बाल अक्षय तथा घुम्ती कोष मार्फत रु ५ लाख साना किसान सहकारी संस्थालाई सहयोग थियो। उक्त रकम २१ जना असहाय , बिपन्न , पिछडिएको बालबालिकाको मासिक रु ३०० का दरले गरि ३६०० रुपैयाँ तथा शैक्षिक समाग्री बितरन गरेको छ। र बाल अक्षय तथा घुम्ती कोषको लागि सबल नेपाल र सेभ द चिल्ड्रेनले थप रु ६५००० यसै हप्ता दिने प्रतिबद्धता गर्नु भयो ।सबल नेपालको फिल्ड संयोजक अशोक कुमार साहले जानकारी गराउनु भयो।
प्रतिक्रिया