logo
  • २०८३ जेष्ठ १९ | Tue, 02 Jun 2026
  • श्याम वस्त्रालय: राजश्व अनुसन्धान विभागद्वारा २१ करोड बिगो कायम गरी कपडा व्यापारीविरुद्ध मुद्दा दायर

    श्याम वस्त्रालय: राजश्व अनुसन्धान विभागद्वारा २१ करोड बिगो कायम गरी कपडा व्यापारीविरुद्ध मुद्दा दायर

    लोकेन्द्र प्रसाद यादव 

    बोदे बरसाईन। राजस्व अनुसन्धान विभागले सिराहाका एक कपडा व्यापारीविरुद्ध २१ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । भारतीय कपडा चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा सिराहाको लहानस्थित श्याम वस्त्रालयका सञ्चालक श्याम प्रसाद गुप्ताविरुद्ध उच्च अदालत जनकपुरको राजविराज इजलासमा आइतबार मुद्दा दायर गरिएको हो ।

    राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले आइतबार गुप्ताविरुद्ध १० करोड ६८ लाख ५५ हजार रुपैयाँ राजश्व छली गरेको अभियोगमा त्यति नै रकम जरिवाना समेत गरी कुल २१ करोड ३७ लाख ११ हजार ५९० रुपैयाँ ७६ पैसा बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

    विभागका अनुसार गुप्ताले भारतीय कपडा चोरी पैठारी गरी ठुलो मात्रामा राजस्व छली गरेका थिए । राजस्व अनुसन्धान विभागको इटहरी कार्यालयले गरेको अनुसन्धानमा गुप्ताले भारतबाट भन्सार नतिरी चोरी पैठारी गरी कपडा ल्याई विक्री वितरण गरेको पाइएको थियो । सोही अभियोगमा उनीमाथि मुद्दा दायर भएको हो ।
    सिराहाको लहान नगरपालिका वडा नम्बर ८ मा रहेको श्याम वस्त्रालयमा गरिएको खानतलासीका क्रममा विभागले राजस्व छली गरी ल्याइएको कपडा बरामद गरेको थियो । अनुसन्धानका क्रममा गुप्ताले करिब १० करोड ६८ लाख ५५ हजार रुपैयाँ बराबरको राजस्व चुहावट गरेको पुष्टि भएपछि त्यति नै रकम जरिवाना समेत हुने गरी २१ करोडभन्दा बढी रकम बिगो कायम गरिएको हो ।

    विभागले दायर गरेको मुद्दामा बिगो रकम भराइपाउन तथा गुप्तालाई जेल सजायसमेत हुने गरी सजायको मागदाबी गरिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1



    भ्वाइस खबर    
  • २०८२ बैशाख १५, सोमबार १०:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP