logo
  • २०८३ कार्तिक ५ | Wed, 21 Oct 2026
  • ‎दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता : नेङ्गडाको फराकिलो जित

    ‎दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता : नेङ्गडाको फराकिलो जित

    बोदेबरसाईन । सप्तरीको बोदेबरसाईन नगरपालिका–७ मानराजामा जारी दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नम्बर २ नेङ्गडाले वडा नम्बर १ धनगढीलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ।
    ‎
    ‎टस जितेर धनगढीले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेङ्गडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४४ रनको विशाल योगफल तयार पारेको थियो। नेङ्गडाका रोशन यादवले २८ बलमा ५८ रन बनाए भने पारस यादवले २६ बलमा ५७ रनको योगदान दिए।
    ‎२४५ रनको लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो। धनगढीका कप्तान रितिक यादवले २२ बलमा १७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
    ‎
    ‎बलिङतर्फ धनगढीका कप्तान रितिक यादवले २ विकेट लिए भने श्रीदेव यादवले ४ विकेट हात पारे। उत्कृष्ट ब्याटिङ गरेका नेङ्गडाका रोशन यादव ‘म्यान अफ द म्याच’ घोषित भए।
    ‎यसअघि प्रतियोगिताको पहिलो दिन भएको उद्घाटन खेलमा वडा नम्बर ७ मानराजाले वडा नम्बर ८ काचनलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
    ‎श्री राजाजी एघार युवा क्लब मानराजाको आयोजनामा भइरहेको प्रतियोगितामा आदर्श यादव र सन्तोष यादवले अम्पायरको भूमिका निर्वाह गरिरहेका छन्।
    #क्रिकेट
    ‎
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ कार्तिक ३, सोमबार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP