
फटो: Ai सहयोग
राजविराज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सप्तरीका ६ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेस सप्तरीका जिल्ला सचिव सनत मण्डलका अनुसार जिल्लाबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका ६ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेमध्ये दिनेश यादव मधेशी क्लस्टरतर्फ पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका यादव यसअघि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए ।
त्यस्तै, मधेशी क्लस्टरतर्फ इन्जिनियर मिस्टर अशोक कुमार साह र जितेन्द्र देव केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । साह नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलको नेतृत्व गर्दै पार्टी राजनीतिमा सक्रिय भएका नेता हुन् । देव पूर्वमन्त्रीसमेत हुन् ।
यसैगरी, मुस्लिम क्लस्टरतर्फ इरसाद अंसारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी नेविसंघका पूर्वकेन्द्रीय सहमहामन्त्री हुन् ।
खुला ३५ वर्षमुनिको युवा समूहबाट इन्जिनियर शैलेन्द्र मिश्र तथा मधेशी महिला क्लस्टरतर्फ गीता यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
सप्तरीबाट ६ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्लामा पार्टी संगठन विस्तार र सुदृढीकरणमा उनीहरूले महत्वपूर्ण योगदान पुर्याउने कांग्रेसका जिल्लास्तरीय नेताहरूले अपेक्षा गरेका छन् ।
#नेपाली कांग्रेस
प्रतिक्रिया