logo
  • २०८३ कार्तिक ५ | Wed, 21 Oct 2026
  • ‎हिन्दुहरु धमाधम जेल चलान संघ संगठनद्वारा आन्दोलनको घोषणा

    ‎हिन्दुहरु धमाधम जेल चलान संघ संगठनद्वारा आन्दोलनको घोषणा

    लहान । सुनसरीको देवानगञ्जमा साउन १० गते दुई समुदायबीच झडप भएको थियो । सोही विवादले उग्र रुप लिँदा साउन १४ गते सिरहामा गोलबजारमा अर्को झडप भयो । प्रहरीको गोली लागेर २० वर्षीय गणेश यादवको मृत्यु भयो ।
    ‎सोही आन्दोलनमा सहभागी हिन्दुवादी समाजसेवी नेता तथा कार्यकर्ताहरुको बिना सर्त अविलम्व रिहाईको माग गर्दै आधा दर्जन हिन्दुवादी संघ संस्थाहरुले सिरहा जिल्लामा आन्दोलनको घोषणा गरेका छन् ।
    ‎
    ‎आइतबार गोलबजारमा एक पत्रकार सम्मेलनको आयोजना गरेर वितरण गरिएको प्रेस विज्ञप्तीमा विश्व हिन्दु परिषद् नेपाल,हिन्दु सम्राट सेना नेपाल,गायत्री परिवार,ओम शान्ति परिवार,हिन्दु संघर्ष समिति नारयणी सेना नेपाल लगायत सम्पूर्ण हिन्दु समाजको तर्फबाट जारी गरिएको हो ।
    ‎
    ‎पत्रकार सम्मेलनमा समाजसेवी कासिन्द्र यादव, मिथुन दास र सञ्जय साहलाई झुठा मुद्दा लगाई पक्राउ गरी थुनामा राखिएको र अन्य १८ जना हिन्दुवादी युवाहरुलाई झुट्टा मुद्दामा फसाएर पक्राउ पुर्जी जारी गरिएकोमा त्यसको विरोध गर्दै उनीहरुको बिना सर्त र अविलम्ब रिहाईको माग गरिएका हुन् ।
    ‎
    ‎प्रेस विज्ञप्तीमा हिन्दु समाज र हिन्दुवादी विभिन्न संगठनहरुको यस अन्यायपूर्ण घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेपाल सरकारका गृह मन्त्री सुदन गुरुङ्गसँग जनकपुरमा भएको सहमति र सम्झौता अनुसार आन्दोलनकारी हिन्दु समुदायमाथि कुनै पनि मुद्दा नचलाउने सहमति भएको थियो भनिएको छ । तर सहमति विरुद्ध सिरहाको स्थानीय प्रशासन र प्रहरीले हिन्दु समाजका नेता तथा कार्यकर्ताहरुलाई छानी छानी झुट्टा मुद्दा लगाई दुःख दिने र कारागारमा कोच्ने कार्य गरेको छ । यो सरासर हिन्दुहरु प्रति गरिएको अत्याचार र दमन हो । यसको हामी घोर विरोध गर्दै सबै झुट्टा मुद्दा खारेज गरी पक्राउ परेका हिन्दु समाजका नेता समाजसेवी तथा कार्यकर्ताहरुको बिना सर्त र अविलम्ब रिहाईको माग गरिएको छ ।
    ‎
    ‎यदी नेपाल सरकार , सिरहाको स्थानीय प्रशासन र प्रहरीले हाम्रो मागको वेवास्ता गरी हिन्दुहरुमाथि दमन चक्र चलाउने कुचेष्टा गरिरहेमा हामी बाध्य भएर प्रतिरोधी आन्दोलनमा उत्रिने छौं भन्दै हिन्दुवादस् संघ संगठनहरुले त्यसबाट सिर्जना हुने सबैखाले अप्रिय स्थितिको जिम्मेवार नेपाल सरकार , सिरहाको स्थानीय प्रशासन र प्रहरी हुनु पर्ने जानकारी दिएको छ ।
    ‎
    ‎
    ‎एक सता भित्र हिन्दु समाजका समाजसेवी तथा नेताहरुको रिहाई भएन र झुट्टा मुद्दा खारेज गरिएन भने हिन्दु समाजले आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने कुरा पत्रकार सम्मेलन मार्फत जाहेर गरिएको छ ।
    ‎
    ‎
    ‎धार्मिक द्वन्द्वबाट सिर्जित उक्त घटनावारे अदालतमा मुद्दा विचाराधीन छ ।  १८ जनाभन्दा बढी हिन्दुविरुद्ध फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । अदालतको अभिलेख हेर्दा मुस्लिम समुदायका एक दर्जन बढी व्यक्तिबाट मुद्दा परेको देखिन्छ । एउटै व्यक्तिले १० देखि ४० जनाविरुद्ध मुद्दा हालेका छन् । अदालतले धमाधम उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरिरहेको छ । केही पक्राउ पनि परिसकेका छन् ।
    ‎
    ‎यस्तै सप्तरीको बोदेबरसाईनमा पनि केही  हिन्दुविरुद्व फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी भएको छ ।
    ‎
    ‎मुलुकमा पछिल्लो समय धर्मको नाममा द्वन्द्व चर्किँदै गएको छ । यस वर्ष धर्मको नाममा द्वन्द्वका थुप्रै घटना भए । हिन्दु र मुस्लिम समुदायबीच द्वन्द्व हुँदा केहीको ज्यान पनि गयो । यसको दिर्घकालीन समस्या समाधानतर्फ राज्ले समयमै कदम चालू पर्ने आवश्यक देखिएको छ।
    ‎
    ‎
    ‎
    ‎
    ‎
    ‎
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ कार्तिक २, आईतवार २२:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP