हाइकुहरू
तोमनाथ उप्रेती
१.जनताको स्वर,
लोकतन्त्रको आँगनमा,
न्यायको खोजी।
२. आक्रोशको आगो,
सहरभरि धुवाँ उड्यो,
शान्ति हरायो।
३. स्वतन्त्र आवाज,
अधिकारको उज्यालो,
न्यायको बाटो।
४. जलेका भवन,
सपनाहरू खरानी,
पीडाको सहर।
५. कानुनको आँखा,
दोषी र निर्दोष छुट्याऊ,
निष्पक्ष न्याय।
६. प्रहरीको बल,
विवेकले बाँधिनुपर्छ,
मानव मर्यादा।
७. युवाको प्रश्न,
भविष्य खोज्छ उत्तर,
राज्यले सुनोस्।
८. लुटिएका पसल,
श्रमको पसिना रोयो,
जीवन थुनियो।
९. संवादको सेतु,
आक्रोश पग्लिँदै जान्छ,
विश्वास पलाउँछ।
१०. न्यायको तराजु,
शक्तिलाई पनि नाप्छ,
सत्य अडिग छ।
११. भत्केका संरचना,
फेरि उठून् आशाहरू,
सहकार्यले नै।
१२. लोकतन्त्रको दीप,
अधिकार र कर्तव्य,
शान्तिको उज्यालो।
प्रतिक्रिया