लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। सप्तरीको बलान बिहुल गाउँपालिकाले कृषकहरुको सिंचाई मिटरको विल भुक्तानी गर्ने भएको छ। सिँचाइका अभाव र कृषिमा लागत अनुसार आम्दानी नभएको गुनासो गरि रहेका किसानको कृषीको लागि जडान गरिएको मिटरको बिल पालिकाले तिरिदिने भएपछि स्थानीय कृषक खुशी भएका छन्।
‘‘गाउँपालिकाले कृषि मिटरको विद्युत महसुल भुक्तानी गर्ने कार्यक्रम स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये जनमुखी योजना भएको कृषक श्याम यादवको भनाइ छ।”
गाउँपालिकाको ११ औं गाउँ सभाले आ.व. २०८१÷०८२ मा पालिका क्षेत्रका किसानहरुलाई प्रोत्साहन तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्येश्यले “कृषि मिटरको विधुत महशुल कार्यक्रम”निर्धारण गरेको गाउँपालिकाले जनाएकाने छ।
गाउँपालिकाले विसं.२०८२ जेठ १६ गते जारीको सूचनामा पालिका भित्रका किसानहरुले २०८१ असार मसान्त सम्मको बाँकी बक्यौता विधुत महशुल सम्बन्धीत किसानहरुले आफै तिर्नु पर्ने उल्लेख रहेको छ। भने विसं. २०८१ साउन देखिको किृषि मिटरको विधुत विल भुक्तानी गर्ने भउको छ।
सूचना अनुसार कृषकहरुले सिंचाई मिटरको विल भुक्तानीको लागि निबेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, २०८१ असार सम्मको भुक्तानी गरेको सक्कलै बिजली विल र २०८१ साउन देखि भुक्तानी दिन बाँकी सक्कलै विधुत विल साथै चालु आ.व. २०८१÷०८२ को मालपोत तिरेको रसिदको फोटोकापी जेठ मसान्त भित्र कृषि विकास शाखामा बुझाउन भनिएको छ।
गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवका अनुसार किसानहरुलाई कृषी क्षेत्रमा प्रोत्साहन गर्न सिंचाई मिटरको विल निःशुल्क रुपमा गाउँपालिकाले भभुक्तानी गर्न लागेको बताए। उनले भने यसै आर्थिक वर्ष कृषकको खेतमा पानी पुरयाउन एक करोड रकमको लागतमा कृषि विद्यतीयकरण सुरु गरिएको साथै कृषि लक्षित डिप बोडिङ्ग वितरण कृषकलाई उपलब्ध गरेको बताए ।
मकै,धान, गहुँ, बिउहरुमा अनुदान र बालिमा लाग्ने रोग विरुद्ध निःशुल्क किटनासक औषधी साथै कृषीप्रावधीकहरुले खेतखेतम पुगी कृषीहरुमा परार्मशसेवा उपलब्ध गराई रहेको यसले गर्दा कृषि क्षेत्रमा आधुनिकीकरणमा टेवा पुरयाउने गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया