logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • ‘प्रहरीको हाकिम हुँ’ भनेर व्यापारीसँग पैसा मागेको आरोपमा पक्राउ

    ‘प्रहरीको हाकिम हुँ’ भनेर व्यापारीसँग पैसा मागेको आरोपमा पक्राउ

    विराटनगरका व्यापारीलाई ‘प्रहरीको हाकिम हुँ’ भनेर पैसा मागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ घर भएका रविन घिमिरे छन् । महानगर–१५ स्थित १ नम्बर ढाटमा व्यापारीहरूलाई ‘प्रहरीको हाकिम हुँ’ भनेर पैसा मागेको सुराक आएपछि घिमिरेलाई पक्राउ गरिएको जिप्रका मोरङका डिएसपी दिपक श्रेष्ठले रातोपाटीलाई बताए । पैसा मागेको अडियो प्रहरीले फेला पारेको छ ।

    आरोपी विरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय रानीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ आश्विन २६, बुधबार १०:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP