logo
  • २०८२ आश्विन २८ | Tue, 14 Oct 2025
  • ड्रोनको डमरु

    तोमनाथ उप्रेती,

    उपसचिव, नेपाल सरकार

    “शान्ति चाहियो भने
    थोरै युद्ध त गर्नै पर्छ!”
    भन्थे,
    “शान्तिका लागि आणविक अड्डा बमिङ गर्नै पर्छ!”
    भन्थे,
    “दुई जना मरे, पाँच जना मरे,
    गिन्ती गर्न रोकिदेऊ,
    युद्धमा मर्नु त राष्ट्रसेवा हो!
    भन्थे।
    मध्यपूर्वमा हावा तात्दै गयो,
    तेलको मूल्यसँगै नेताहरूको बैंक ब्यालेन्स पनि बढ्दै गयो।
    संसारको हाँसोको विषय बन्यो,
    तर नेताहरूले भनिरहे–
    “यो त हाम्रो गम्भीर रणनीति हो।”
    इरानका वैज्ञानिकहरू झर्न थाले,
    इजरायली ड्रोनले उनीहरूलाई शान्ति पढाउँदै।

    “आणविक बम बनाउन नदेऊ!”
    भन्दै,
    बम खसालियो।
    “सुरक्षा चाहियो भने,
    पहिले तिमीहरूको सुरक्षालाई नष्ट गर्छौं।”
    भन्दै,
    ड्रोन नाच्दै नाच्दै फाट्न थाले।

    किन?
    मध्यपूर्वको आकाशमा
    शान्तिका कबूतर होइन,
    ड्रोनका पखेटा सल्किएर झर्दै थिए।
    र हामीले युद्ध देख्यौं,
    शान्तिको नाममा।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र १, आईतवार २१:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP