आफ्नै हृदयमा जलेका दीयाहरू
तोमनाथ उप्रेती
पंखै नभएका परेवालाई,
आकाशमा उड्न सिकाउने सपना बेच्नेहरू,
भित्री आकाशमा झिलिमिली लाग्ने सपना होइन,
भित्री अँध्यारो नङ–पञ्जा चढाउँछन्।
मन्दिरमा फूल होइन,
रक्तको झरना चढाइन्छ
देवी हाँस्छिन्?
भिखारीको आँखा रातो भएन भने,
पुष्पको गन्धले मुख बन्द रह्यो भने?
‘अहिंसा परमो धर्मः’ भन्दै स्टाटस अपडेट गर्नेहरू,
फेसबुकमा लाइक जम्मा गर्छन्
तर आफ्नो भित्री पशुता,
कति लाइकमा बाँध्न सकिन्छ?
शिवको डमरु बज्छ,
तर रगतको होलीले कान बन्द छ।
बली दिने हातले आफ्नै हृदयको ढोका ठोकिन्छ,
“धर्मको नाममा साँचो हासो कहाँ छ?”
भन्ला बोकाले:
“मेरो घाँटी होइन, मेरो हाँसो बचाउ।”
र याद गर
जहाँ रगतले आँखा रातो पार्छ,
हास्यले आत्मा उज्यालो बनाउँछ।
जहाँ क्रोधले ढोका बन्द गर्छ,
करुणाले ढोका खोलेर संसारमा छिराउँछ।
त्यो जागृत हृदय, त्यो व्यंग्यपूर्ण हासो,
त्यो साँचो पूजा हो—
मन्दिरमा होइन, आफ्नो आत्मामा।
प्रतिक्रिया