logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

    तोमनाथ उप्रेती

    १. न्यायको स्तम्भ
    कमजोरीले ढाल्छ शक्ति
    विधि छायाँमा

    २.

    अदालत केवल
    मुद्दा टुंग्याउने होइन
    नागरिक संरक्षक

    ३.

    सत्य र प्रमाण
    छानबिनको आधार हो
    समान दृष्टि

    ४.

    सजिलो फैसला
    सत्यको प्रतिनिधि होइन
    न्याय गहिरो

    ५.

    अधिकार रक्षा
    सार्वजनिक हितमा मात्र
    संविधान बल

    ६.

    चुनावी शक्ति
    न्यायमा प्रभाव छैन
    विश्वास घट्छ

    ७.

    सर्वसमावेशी
    सवाल सुन्नु धर्म हो
    न्याय समान

    ८.

    नागरिक र राज्य
    दुवै कानुन अधीनमा
    विधिको शासन

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष २५, शुक्रबार १८:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP