केही हाइकुहरू
तोमनाथ उप्रेती
१.
धर्मको प्रकाश
चेतनाको अन्धकार
अहिंसाको दीप।
२.
स्वार्थमुक्त चिन्ता
मानवताको धागो बाँध्यो
जीवनको मार्ग।
३.
करुणा झुल्केछ,
सत्यको सुगन्ध फैलियो—
मन शान्त भयो।
४.
बलिदान टुटोस्
प्रेमको वसन्त आयो
हृदय फुल्यो।
५.
नैतिकता संग
संयमले सुसज्जित प्रांगण
शान्ति बर्सिरह।
६.
आध्यात्मिक विजय
मानव र धर्म एकाकार
सत्यको प्रकाश।
७.
शान्ति, न्याय, प्रेम
समृद्धि झल्कियो संसारमा
सुरज उदायो।
८.
धर्म र चेतनाले
मानवता समेट्यो आज
प्रकाश फैलियो।
प्रतिक्रिया