हाइकुहरू
तोमनाथ उप्रेती
१.
लोकप्रियता, डर
ईर्ष्याको आगो बगे
नीति छायामा।
२.
अर्काको सफलता
आत्मसङ्कोच जन्माउँछ
स्वार्थको छाया।
३.
गुटगत समीकरण
विश्वास कमजोर हुँदै
संगठन ढल्छ।
४.
झूठो प्रचार, द्वेष
मतदाता भ्रममा फस्छ
लोकतन्त्र छायाँ।
५.
आत्मबोधको बाटो
नैतिकता जागृत हुन्छ
ईर्ष्या पग्लिन्छ।
प्रतिक्रिया