हाइकुहरू
तोमनाथ उप्रेती
१.
मतदाता जागे
सत्य–असत्य छुट्याउदै
लोकतन्त्र बलियो।
२.
पैसा र प्रलोभन
छोडेर विवेकको बाटो
देश समृद्ध हुन्छ।
३.
नागरिक उत्तरदायित्व
नेतृत्वको मूल्य नाप्दै
सत्य मार्ग अपनाउँ।
४.
डिजिटल भ्रमले
मतदाता चेतना झल्काए
सावधानी जीवन।
५.
नीति, न्याय, सेवा
मत प्रयोगले दर्शाउँछ
राष्ट्रको भविष्य।
प्रतिक्रिया