logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • मुक्त नभएको भूमि

    मुक्त नभएको भूमि

    मुक्त नभएको भूमि

    तोमनाथ उप्रेती

    हाम्रो आकाश निलो छ

    तर क्षितिजमा

    शंकाका बादलहरूले हावा चलाइरहेका छन्।

    भनिन्छ

    “हामी स्वतन्त्र छौं!”

    तर मेरो भूमि

    अझै कङ्क्रीटको पिंजडामा छ।

    खेतबारीमा पसिना नेपालीको बग्छ,

    अन्नको गेडो

    विदेशीको ढुकुटीमा झरिरहन्छ।

    छोरीहरू आफ्नै आँगनमा

    सुरक्षाको एप खोजिरहेकी छन्,

    सीमानामा छिमेकीको आँखाले

    सीसिटिभी जाँच गरिरहेको छ।

    हो, मेरो भूमि अझै मुक्त भएको छैन।

    नेताहरूको भाषणमा

    विकासको बाढी छ,

    गाउँको बाटोमा भने पहिरो

    भ्रष्टाचारको जालोले

    देश निसास्सिएको छ

    पढेलेखेका युवा

    खाडीको छुट्टीको टिकट खोज्दै छन्।

    सहिदका रगतले रंगाएको यो माटो,

    अझै पनि

    परनिर्भरताको साङ्लोमा अडिएको छ।

    सडकमा ट्राफिक संकेत जस्तै

    न्यायको रेखामा

    भीआइपी मात्र प्रवेश छ।

    हाम्रो नेताहरु

    स्मार्टफोनमा

    राष्ट्रको योजना डायनलोड गर्छन्

    तर गाउँमा वाइफाइ छैन।

    हामी स्वतन्त्र देशका नागरिक,

    तर

    मेरो भूमि

    अझै फ्री ट्रायलमा छ।

    हो

    मेरो भूमि

    अझै मुक्त भएको छैन

    तर हाँसो र सेटायरको कवच बोकेर

    हामीले आशा गर्नेछौं

    कुनै दिन

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २, शनिबार १२:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP