logo
  • २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026
  • युवा राष्ट्रको भविष्य

    युवा राष्ट्रको भविष्य

    युवा राष्ट्रको भविष्य

     

     

    तोमनाथ उप्रेती

     

    नैतिकताको दीप बोकेर युवा अघि बढ्छ,
    अन्धकार चिरेर उज्यालोको बाटो खोज्छ।
    स्वार्थको पर्खाल भत्काउँदै करुणा रोप्छ,
    आत्मबलले जीवनको अर्थ साँचो बनाउँछ।

    सत्यलाई श्वास, इमानलाई शक्ति बनाउँदै,
    जिम्मेवारीलाई जीवनको गहना ठान्दै,
    सकारात्मक सोचको पंख फैलाएर,
    चुनौतीलाई अवसरमा बदल्दै जान्छ।

    देशको सपना काँधमा बोकेर हिँड्छ,
    मानवताको झण्डा उच्च राख्छ,
    यही चेतनाले नयाँ युग लेख्छ,
    यही युवा राष्ट्रको भविष्य बन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन ७, बिहीबार २१:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP