हाइकुहरू
तोमनाथ उप्रेती
१.
चेतनाको मत
लोकतन्त्रको दीप जल्छ
विवेकको बाटो।
२.
मतको उज्यालो
राष्ट्रको भविष्य बुन्छ
सत्यको स्पर्शले।
३.
शान्त विवेकले
नेतृत्वलाई सोध्छ प्रश्न
न्यायको पक्षमा।
४.
मतपेटिकामा
सपना राख्छ जनता
आशाको फूलझैँ।
५.
सचेत मनले
चुन्छ सही मार्ग आज
भोलिको भरोसा।
६.
नारा होइन
विवेकले बनाउँछ देश
शान्तिको आधार।
७.
जनताको मत
लोकतन्त्रको मुटु हो
निष्कलुष धड्कन।
८.
सत्यको खोजी
मतदानमा देखिन्छ
नैतिक उज्यालो।
९.
शान्त सोचसँग
निर्वाचनको बाटोमा
समृद्धि मुस्कान।
१०.
चेतनायुक्त मत
राष्ट्रको यात्रा सजाउँछ
सम्मान र न्याय।
प्रतिक्रिया