logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • हाइकुहरू

    हाइकुहरू

     हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    १.

    मन सोच बन्छ
    गीता भन्छ सत्य यही
    आत्मा उठ्छ माथि।

    २.

    कर्मको मार्ग
    फलमा आसक्ति छैन
    शान्ति यहाँ जन्म।

    ३.

    चिन्तन उज्यालो
    अन्धकार भित्र टुट्छ
    सत्य खुल्दछ।

    ४.

    मन नै युद्धभूमि
    कृष्णको आवाज बन्छ
    धर्म जाग्छ यहाँ।

    ५.

    अहंकार झर्छ
    विनम्रता उठ्दछ
    जीवन बन्छ शुद्ध।

    ६.

    योगको शक्ति
    मनलाई स्थिर बनाउँछ
    आत्मा मुक्त हुन्छ।

    ७.

    भ्रमको बादल
    ज्ञानको हावा चल्छ
    सत्य देखिन्छ।

    ८.

    इच्छा हराउँछ
    शान्तिको नदी बग्छ
    चित्त स्थिर बन्छ।

    ९.

    कर्म नै पूजा
    निष्काम भाव जाग्छ
    जीवन दिव्य।

    १०.

    आत्मा अजर छ
    शरीर मात्र बदलिन्छ
    डर हराउँछ।

    ११.

    शरणमा जाऊ
    कृष्णको वाणी गहिरो
    मोक्ष खुल्दछ।

    १२

    समता दृष्टि
    सुख-दुःख बराबर
    मन शान्त हुन्छ।

    १३.

    ज्ञानको दीप
    अन्धकार चिर्दै जान्छ
    चित्त उज्यालो।

    १४.

    लोभ टुट्दछ
    सत्यको मार्ग खुल्छ
    जीवन पूर्ण।

    १५.

    गीता बोल्छ
    मनुष्य सोच जस्तै बन्छ
    दैवी यात्रा ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ २०, बुधबार १८:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP