logo
  • २०८३ असार २ | Tue, 16 Jun 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

     

    तोमनाथ उप्रेती

     

     

     

    १. विचार उचालिन्छ
    विनम्रता झुक्छ मौन
    सन्तुलन जीवन

    २. अहंको छायाँमा
    ज्ञान पनि हराउँछ
    मन अन्धकार

    ३. प्रश्नको आकाश
    उत्तरको गहिराइ
    मन उज्यालो

    ४. शब्द धेरै होइन
    सम्झाइले बोल्छ सत्य
    शान्ति नै ज्ञान

    ५. उचाइ सोचको
    जरा विनम्र भूमिमा
    स्थिर जीवन

    ६. घमण्डको बाटो
    सिकाइ बन्द हुन्छ यहाँ
    आत्म अन्धो

    ७. मौन विचारमा
    विनम्रता सुगन्ध
    मानवता

    ८. असफलता गुरु
    विनम्र बनाउँछ मन
    नयाँ उज्यालो

    ९. आत्मसमालोचना
    आफैलाई देख्ने दर्पण
    सुधार जन्म

    १०. सत्यको खोजमा
    अहंकार बाधा बन्छ
    शून्य हुनुपर्छ

    ११. विचार गहिरो
    तर मन सरल चाहिन्छ
    जीवन सुन्दर

    १२. आलोचना सुन्ने
    हृदय ठूलो हुनुपर्छ
    ज्ञान बढ्छ

    १३. शब्दको भन्दा
    अनुभव ठूलो हुन्छ
    मौन शिक्षा

    १४. शक्ति होइन यो
    विनम्रता उज्यालो
    मानवता

    १५. गलत स्वीकार
    सुधारको पहिलो पाइला
    नयाँ यात्रा

    १६. उचाइ सोचको
    जमिनसँग सम्बन्ध
    सन्तुलन हो

    १७. आत्म–मुग्धता
    समाज बिगार्छ बिस्तार
    सचेत हुनुपर्छ

    १८. संवाद खोलिन्छ
    सत्यको बाटो त्यहीँ
    मन खुला होस्

    १९. अहं झरेपछि
    ज्ञान फूल फुल्छ फेरि
    शान्त बगैँचा

    २०. आलोचना मित्र
    सुधारको संकेत हो
    मन बुझोस् यो

    २१. सोचको उडान
    तर विनम्र पखेटा
    सन्तुलन चाहिन्छ

    २२. ज्ञान होइन बोझ
    यदि मन हलुका छ
    बुद्धि चम्किन्छ

    २३. आत्म समालोचना
    भविष्यको आधार हो
    सत्य यात्रा

    २४. सरलता ठूलो
    जटिलता हराउँछ
    शान्त जीवन

    २५. विचार उचाइ
    विनम्र गहिराइसँग
    मानव पूर्णता

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ असार २, मंगलवार १७:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP