हाइकुहरू
तोमनाथ उप्रेती
१.
साइबर युद्ध
बन्दुक होइन मोबाइल
औँला ट्रिगर हो।
२.
पासवर्ड एउटै
सबै खातामा राख्यो
सिधै हार भयो।
३.
भाइरस पस्छ
एपको भेषमा चुप
डेटा अपहरण।
४.
बैंकिङ आक्रमण
क्लिक एक, पैसा गयो
खाता रुँदैछ।
५.
इनबक्समा प्रेम
लिङ्कभित्र जाल मात्र
रोमान्स ठगी।
६.
नेटवर्क भिडन्त
फायरवेल थाकिसक्यो
ह्याकर जित्यो।
७.
अपडेट नगरे
पुरानो ढोका खुल्यो
शत्रु छिर्यो भित्र।
८.
डिजिटल रण
माउसले मिसाइल चल्यो
स्क्रिन जल्दैछ।
९.
सुरक्षा नीति
फाइलमै सुतिरहेको
ह्याकर जाग्यो।
१०.
पासवर्ड लेख्यो
कागजमा टाँस्यो माथि
सुरक्षा हास्यो।
११.
एडमिन निदायो
सर्भर रोयो राति
ह्याकर नाच्यो।
१२.
फेक न्यूज बम
सत्य भाग्दैछ टाढा
झुटो विजयी।
१३.
टिकटक युद्ध
लाइकको लागि लडाइँ
बुद्धि हरायो।
१४.
अनलाइन जुवा
भाग्यको नाममा लुट
घरै गुमायो।
१५.
साइबर प्रहरी
रिपोर्ट हेर्दै बस्यो
अपराध दौड्यो।
प्रतिक्रिया