सिरहा: सिरहाको ग्रामिण क्षेत्रमा सडक नाटक जनचेतना अभिवृद्धी हुदैँ गएको छ। समग्र जन उत्थान केन्द्र लहानले केएर नेपालको साझेदारीमा सिरहामा संचालन हुदैँ आएको किशोरी शिक्षा तथा शसक्तिकरण परियोजना अन्तरर्गत‘‘हम बियाह नइ करब” शिर्षकमा सडक नाटक पर्दशन भएको छ।
‘‘हम बियाह नइ करब” नाटक मंगलबार नरहा गाउँपालिका र धनगढीमाई नगरपालिका एकैदिन प्रर्दशन भएको समग्र जन उत्थान केन्द्रका उपाध्यक्ष अनिता चौधरीले बताइन्।
समाजमा रहेका हानिकारक समाजिक मुलयमान्यता हटाउनका धनगढीमाई नगरपालिका वडा नम्बर—४ लालभितिया र ३ नम्बरको सन्तनगरमा उपप्रमुख संगिता चौधरीको उपस्थितिमा नाटक प्रर्दशन भएको हो।
यस्तै नरहा गाउँपालिबा वडा नम्बर—३ मा रहेका उडान सिकाई केन्द्रले पनि नाटक पर्दशन गरेको आयोजकले जनाएको छ।
विद्यालय बाहिर रहेका किशोरीहरुको शिक्षामा पहुँच नभएको कारण उमेर नपुगि बाल बिबाह गरिदिने, दहेजका कारण हुने घरेलु हिंसाकाबारेमा नाटकमा चित्रण गरेको थियो।भने किशोरीहरुले समाजमा रहेका हानिकारक समाजिक मुलयमान्यता हटाउनका लागि नाटक मार्फत समाजिक चित्रण गरेको समग्र जन उत्थान केन्द्र लहानका अध्यक्ष रामभरोसी महतोले बताउनु भयो।
विबाहको उमेर घटाउने बहस चलेको बेला यो नाटकले स्थानीय स्तरमा बहश चलाउन र दवाव शिर्जना गर्नमा प्रभावकारी हुने गरेको आयोजक जनाएको छ।
धनगढीमाईका नगर उपप्रमुख संगिता चौधरीले बीस २० वर्ष पछि विवाह गर्दा महिला शारीरिक, मानसिक र समाजिक रुपमा समेत सशक्त हुने भएकोले पहिलका उमेर कायमै रहनु पर्ने जोड दिए। उहाँले विद्यालय बाहिर रहेका किशोरीहरुको शिक्षामा पहुँच नभएको कारण उमेर नपुगि बाल विवाह गरिदिने चलन रहेको बताए।
सहभागीहरुले दहेजका कारण हुने घरेलु हिंसाकाबारेमा नाटकमा चित्रण गरेकोले समय सान्दर्भिक रहेको सडक नाटक पालिकाको अरु वडामा पनि जनचेतना अभिवृद्धीका लागि समेत प्रदर्शन गर्नका सुझाब दिनु भएको थियो।
प्रतिक्रिया