logo
  • २०८२ फाल्गुन २८ | Thu, 12 Mar 2026
  • दलितमाथि ज्यादती गरेको आरोपमा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव पक्राउ

    दलितमाथि ज्यादती गरेको आरोपमा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव पक्राउ

    सिरहामा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई सिरहा प्रहरीले पक्राउ गरेका छन्। उनीसँगै पूर्ववडाध्यक्ष दिलीप यादवलाई पनि प्रहरी पक्राउ गरेको छ ।
    उनीहरूलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए । उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको उनले बताए।
    क्याम्पस स्थापनाका लागि महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको आरोप उनीहरुमाथि लागेको छ।
    ज्ञय अचार्य बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दीपकको घर भत्काउन आदेश दिएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर घर भत्काए ।
    आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइदिएको छ ।
    ३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गत फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो । शनिबार पीडित परिवारसँग जाहेरी लिने प्रहरीले जनाएको छ।
    गाउँपालिका अध्यक्षमा शिवजी यादव जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित हुनु भएको थियो । भने पूर्व वडाअध्यक्ष दिलिप यादव जनमत पार्टीका औरही गाउँपालिका अध्यक्ष हुन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र ८, शुक्रबार २०:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP