logo
  • २०८३ बैशाख १८ | Fri, 01 May 2026
  • बोदेबरसाईनमा सहिदहरूकाे सम्झनामा दीप प्रज्वलन, तस्बिरहरू

    बोदेबरसाईनमा सहिदहरूकाे सम्झनामा दीप प्रज्वलन, तस्बिरहरू

    बोदेबरसाईन। गत हप्ता भएको जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदको सम्झनामा बोदेबरसाईन बजारमा शत्रुघ्न चाैक
    अगाडि दीप प्रज्वलन गरिएको छ ।

    बुधबार संसद् भवन अगाडि आन्दोलनको क्रममा भ्रष्टाचार बेतिथि बिरूद्व जेनजी युवा पुस्ताको आन्दोलनमा वीर सहिद भएकाहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको हो ।

    सहभागीहरूले बोदेबरसाईन नगरपालिका कार्यालयबाट सुरू गरेको रैलीमा वीर सहिद अमर रहुन्, भ्रष्टाचारीहरूलाई कडा कार्वाही गर, सहिदहरूको बलिदान कहिल्यै व्यर्थ हुने छैन। भन्ने नारा सहित उनीहरूले सत्रुघ्न चाैकमा पुगी श्रद्धाञ्जली सभा परिनत भएका थियो मैनबत्ती बालेका थिए ।संगै सहिदको सम्झनामा पाँच मिनेट मौन धारण समेत गरेका थिए ।
    उक्त कार्यक्रम स्थानीयहरूको सहभागीतामा भ्रष्टाचार तथा बेतिथि विरूद्व युवाहरूको सामूहिक अवाज जागरूक युवा अभियान सप्तरीले गरेको थियो। तस्बिररू: भ्वाइस खबर

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1



    भ्वाइस खबर    
  • २०८२ आश्विन १, बुधबार १९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP