राजबिराज। सप्तरीको बलान बिहुल गाउँपालिकाले गाउँपालिका भित्रका स्वास्थ्य शाखाहरूलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ।
गाउँपालिकाभित्रका रहेका ६ वटै स्वास्थ्य चाैकीका प्रमुखहरूलाई गाउँपालिका कार्यालयमा बोलाएर कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको हो । स्वास्थ्य चाैकीलाई कार्यालय प्रयोजनका लागि कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको गाउँपालिका कार्यालयले जनाएको छ।
बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले पालिकाभित्रका स्वास्थ्य चाैकीको अवस्था सुधार गर्ने अभियान अन्तर्गत र सेवाग्राहीहरूको काम काज प्रविधिले सहज होस् उदेश्यले सामग्री प्रदान गरिएको जानकारी दिनुभयो।
मल्हनियाँ स्वास्थ्य केन्द्र प्रमुख रोशन कुमार साहले कम्प्युटर र प्रिन्टर प्रदानले सेवा ग्राहीहरूको डिजिटल अभिलेख राख्न सजिलो हुने बताए।
प्रतिक्रिया