logo
  • २०८२ पुष ३० | Wed, 14 Jan 2026
  • प्रतिनिधिसभा निर्वाचन कार्यतालिका, माघ ६ गते उम्मेदवारी दर्ता हुने : निर्वाचन हुन ६२ दिन बाँकी

    प्रतिनिधिसभा निर्वाचन कार्यतालिका, माघ ६ गते उम्मेदवारी दर्ता हुने : निर्वाचन हुन ६२ दिन बाँकी

    काठमाडौँ। फागुन २१ गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ। अब निर्वाचन हुन अब ६२ दिन बाँकी रहेको छ।

    माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

    आयोगका अनुसार ७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ । बिहान १० बजेदेखि ३ बजेसम्मको समय उजुरीका लागि निर्धारण गरिएको छ । उजुरीमा जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

    उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय दिइएको छ भने सोही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह दिइने छ ।
    निर्वाचन कार्यतालिका:

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष १८, शुक्रबार १०:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP