logo
  • २०८२ माघ १२ | Mon, 26 Jan 2026
  • निर्वाचनले देशको अगामी भविष्य निर्धारण हुने : रास्वपा नेता साह

    निर्वाचनले देशको अगामी भविष्य निर्धारण हुने : रास्वपा नेता साह

     

    बोदेबरसाईन। सप्तरी -४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिताराम साहले मनोनयन दर्ता गरेका छन्। आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएको हो।

    उम्मेदवारी दर्ता गराएको साहले भने जेनजी आन्दोलनको मूलमर्म पूरा गर्ने पार्टी रास्वपा भएकोले युवाहरूको सहयोगमा उम्मेदवारी दिइएको बताए । यो क्षेत्रमा जनप्रतिनिधि परिवर्तन हुनुपर्छ , त्यसको नेतृत्व रास्वपा पार्टीले लिने बताए ।

    अहिलेको अवस्थामा परम्परागत राजनीतिक दलबाट वाक्क दिक्क भएका नेपालीहरूको पहिलो रोजाई रास्वपा भएकोले हामी बल्यो तैयारीका साथ चुनावी मैदानमा अगाडि बढेकोले, हामी चुनावी नतिजा निकाल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    यो निर्वाचनले देशको अगामी भविष्य निर्धारण हुन गई रहेकोले सचेत जनताले रास्वपा पार्टीलाई देशको नेतृत्व दिन तैयार रहेको साहले जिकिर गरे।

    यसपालिको संसदीय चुनावमा युवाको पहिलो राेजाई नै घण्टी चुनाव चिन्ह रहेकोले सप्तरी-४ मा हरेक टोलमा स्वयंसेवक युवाहरू परिचालन हुने बताए ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ ६, मंगलवार २३:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP