logo
  • २०८२ माघ ६ | Tue, 20 Jan 2026
  • अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

    अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

    २०७९ साउन २४, काठमाण्डौ बसुन्धरा, अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण र संगठन सवलीकरणका लागि योजना निर्माण गर्ने काम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष सरिता दाहालको अध्यक्षता र विशेष अतिथिहरू बाग्मती प्रदेश संयोजक सुशिला नेपाल, सचिव सरस्वती बस्नेत हुनुहुन्थ्यो।

    कार्यक्रममा नेकपा(एमाले) पार्टी जिल्ला अध्यक्ष दिपक निरौलाले पार्टी र अनेमसंघबीच कामको समन्वयसहित पार्टीलाई मजवुत बनाउन महिला नेताहरूको भूमिका सम्वन्धमा, अनेमसंघ बागमती प्रदेश संयोजक र सचिवले केन्द्रीय सचिवालयको बैठकबाट जारी अन्तरसमिति निर्देशन अनुसारको कार्ययोजना र प्रमुख अतिथि थममाया थापाले अनेमसंघको समग्र कामको सन्दर्भमा देशभरी भैरहेको संगठनको कामको बारेमा जानकारी दिनुका साथै समसामियक राष्ट्रिय राजनीति र चुनौतिको सामना गर्ने सम्वन्धमा निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर न्युज डेस्क    
  • २०७९ श्रावण २७, शुक्रबार ०२:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP