logo
  • २०८३ कार्तिक ५ | Wed, 21 Oct 2026
  • सप्तरीका ६ जना कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

    सप्तरीका ६ जना कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

    फटो: Ai सहयोग

    राजविराज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सप्तरीका ६ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
    कांग्रेस सप्तरीका जिल्ला सचिव सनत मण्डलका अनुसार जिल्लाबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका ६ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    निर्वाचित हुनेमध्ये दिनेश यादव मधेशी क्लस्टरतर्फ पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका यादव यसअघि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए ।

    त्यस्तै, मधेशी क्लस्टरतर्फ इन्जिनियर मिस्टर अशोक कुमार साह र जितेन्द्र देव केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । साह नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलको नेतृत्व गर्दै पार्टी राजनीतिमा सक्रिय भएका नेता हुन् । देव पूर्वमन्त्रीसमेत हुन् ।

    यसैगरी, मुस्लिम क्लस्टरतर्फ इरसाद अंसारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी नेविसंघका पूर्वकेन्द्रीय सहमहामन्त्री हुन् ।

    खुला ३५ वर्षमुनिको युवा समूहबाट इन्जिनियर शैलेन्द्र मिश्र तथा मधेशी महिला क्लस्टरतर्फ गीता यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

    सप्तरीबाट ६ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्लामा पार्टी संगठन विस्तार र सुदृढीकरणमा उनीहरूले महत्वपूर्ण योगदान पुर्‍याउने कांग्रेसका जिल्लास्तरीय नेताहरूले अपेक्षा गरेका छन् ।

    #नेपाली कांग्रेस

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ कार्तिक ३, सोमबार १०:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP