
लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। सप्तरीको बोदे बर्साइन नगरपालिकाले नगरपालिका अन्तर्गतको कृषि मिटरको विद्युत् महशुल भुक्तानी गरेको छन् । नगरपालिकाले करिब एक हजार किसानको सिँचाइ मिटर वापतको विद्युत् महशुल भुक्तानी गरेको हो ।
नगरपालिकाले कृषि मिटरको महशुल नेपाल विद्युत् प्राधिकरण, बोदेबर्साइन वितरण केन्द्रलाई बुझाएको छ ।
नगरपालिकाले रू. ३ लाख ३२ हजार ६ सय ६६ रुपैयाँ विद्युत् महशुल भुक्तानी गरेको केन्द्र प्रमुख ईन्जिनियर संयोग विश्वकर्माले जानकारी दिनुभयो।
नगर प्रमुख आतेश सिंह यादवले आगामी दिनहरुमा बाँकी रहेका सबै किसानहरुलाई समेट्ने गरी कृषिको महशुल नगरपालिकाले भुक्तानी गर्ने जानकारी दिए ।
बोदे बरसाई नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्माले किसानहरुलाई प्रोत्साहन तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्येश्यले “कृषि मिटरको विधुत महशुल कार्यक्रम”निर्धारण गरेको बताए ।
प्रतिक्रिया