logo
  • २०८२ चैत्र २० | Fri, 03 Apr 2026
  • खाध स्वच्छता कायम गर्ने जनकपुरधामका १२ होटेललाई स्तर उन्नतिको प्रमाणपत्र प्रदान

    खाध स्वच्छता कायम गर्ने जनकपुरधामका १२ होटेललाई स्तर उन्नतिको प्रमाणपत्र प्रदान

    जनकपुरधाम । खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले तोकेको मापदण्ड पुरा गरेको तथा खाध स्वच्छता कायमगर्ने जनकपुरधामका १२ वटा विभिन्न होटल तथा रेष्टुरेन्टलाई स्तर उन्नतिको प्रमाणपत्र प्रदान गरेको छ ।

    साथै ती होटेल तथा रेष्टुरेन्टहरुले प्राप्त गरेको स्तरीकरणको प्राप्ताकं नम्वर एवम् लोगो सहित हरियो स्टीकर प्रदान गरेको कार्यालय प्रमुख विमल दाहालले जानकारी दिनुभयो ।

    यसरी स्तर उन्नतिको प्रमाणपत्र प्राप्तगर्ने होटलहरुमा मिथिला यात्री निवास जनकपुरधाम —६ , होटल सपा प्राली जनकपुरधाम— ९ , जानकी स्टार होटल प्राली जनकपुरधाम ८ , होटल रामा प्राली जनकपुरधाम— १ , होटल अरिपन प्राली जनकपुरधाम —२ , अजंनी सुइट प्राली जनकपुरधाम —८ , होटल सिटी पार्क जनकपुरधाम— ९ होटल मिस्टिक् मिथिला प्राली जनकपुरधाम — २, होटल सीताशरण प्राली जनकपुरधाम — २३ ,होटल वेलकम प्राली जनकपुरधाम — २ , मिथिला थाली प्राली जनकपुरधाम— ८ तथा मैथिल थाल प्राली जनकपुरधाम —७ रहेको सो कार्यालयले जनाएको छ ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी उमेश दाहाल एवम् खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमल दाहाल लगायतका पदाधिकारीहरुको टोलीले ती होटेलहरुलाई स्तर उन्नतिको प्रमाण पत्र प्रदान गर्नुभएको थियो । साथै ती होटेलका रेष्टुरेन्टहरुमा हरियो स्टीकर समेत टाँस गरिएको वताइएको छ । सो टोलीले होटेलहरुका रेष्टुरेन्ट तथा भासां कोठाहरुका अनुगमन तथा निरीक्षणका साथे सरसफाई वारे जानकारी लिनु भएको थियो ।

     

    खाध प्रविधि तथा गुण नियन्त्रण विभिागको होटलका रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्वन्धि निर्देशिका २०७४को अनुसूचि १ को खाध स्वच्छताको आधारमा आवश्यक अनुगमन निरीक्षण पश्चात ती होटेलहरुको स्तरीकरण मूल्याकंन गरिएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र २०, शुक्रबार २०:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP