logo
  • २०८२ आश्विन २८ | Tue, 14 Oct 2025
  • कार्यसम्पादन मुल्याङ्कनमा बागमती प्रदेशमा नेत्रावती डबजोङ गाउँपालिका प्रथम

    कार्यसम्पादन मुल्याङ्कनमा बागमती प्रदेशमा नेत्रावती डबजोङ गाउँपालिका प्रथम

    काठमाडौं। बागमती प्रदेशका सबै स्थानीयतहमा गरिएको कार्यसम्पादन मूल्यांकनमा धादिङको नेत्रावती डबजोङ प्रदेशकै प्रथम गाउँपालिका भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये नेत्रावती डबजोङ गाउँपालिका प्रथम देखिएको हो।

    धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनमा बागमती प्रदेशको उत्कृष्ट स्थान हासिल गरि पहिलो भएको छ। स्थानिय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएको सुचकको आधारमा गाउँपालिका प्रदेशकै उत्कृष्ट पालिका बनेको हो।भने देशभरमा ७ सय ५३ स्थानीयतहमा तेस्रो स्थानिय तह बन्न सफल भएको छ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको १७ वटा सुचकको आधारमा गाउँपालिकाले ७८.२ नम्बर ल्याई प्रदेशकै पहिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले बताउनु भयो। उहाँले भने अघिल्लो बर्षमा देशभरिका पालिका मध्ये छैटौँ स्थान हासिल गरेको नेत्रावती डवजोङ गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४८.७१ अंक हासिल गरि जिल्लामा प्रथम भई उत्कृष्ट स्थानिय तह बन्न सफल भएको थियो।
    बागमती प्रदेशभरीमा कार्यसम्पादन मुल्याङ्कनमा प्रथम स्थान हासिल गर्नुमा स्थानीय बासिन्दा, जनप्रतिनिधि र राष्ट्रसेवक निजामती कर्मचारीको कार्यप्रगती लगनशिलता, सुशासनको परिणाम हो,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहका बुझाई रहेको छ।

    स्थानीय सरकार जति बढी जवाफदेही र पारदर्शी बन्दछ, उति नै बढी सुशासन कायम हुन्छ। जसको पछिल्लो उदाहरणका रुपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा नेत्रावती डवजोङ सेमजोङ प्रदेशकै प्रथम भएको हो।
    भैगोलिक दृष्टिकोणले विकट रहेका सो गाउँपालिकामा ५वटा वडा रहेका छन् । गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल र गाउँपालिका उपाध्यक्ष सिता माया गुरुङ नेतृत्वमा गाउँपालिका विकासतर्फ लम्कि रहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन २, शुक्रबार ०१:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP