logo
  • २०८३ जेष्ठ १ | Fri, 15 May 2026
  • नेपाली सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न

    नेपाली सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न

    काठमाडौँ । नेपाली सेनाले आफूले जिम्मेवारी पाएकामध्ये हालसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरिसकेको पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ। त्यस क्रममा १ हजार ४ सय किलोमिटर भन्दा बढी सडकको पाईलट ट्र्याक खोली नेपाल सरकारलाई हस्तान्तरण गरिएको सेनाको भनाइ छ ।
    यस्तै हाल ४ वटा सडक आयोजनाहरु (खाँदबारी–किमाथाङ्का सडक, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, कर्णाली कोरिडोर सडक र दार्चुला–टिंकर सडक) अन्तर्गत २ सय किलोमिटर भन्दा बढी सडक निर्माण भइरहेको सेनाले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
    राष्ट्रिय गौरवका आयोजनाहरुलाई तोकिएकै मितिमा निर्माण कार्य सम्पन्न गर्न नेपाली सेनाले प्राथमिकताका साथ कार्य गरिरहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । जसअनुसार काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना काम भइरहेको सेनाले जनाउको छ ।
    उक्त आयोजना निर्माण तथा व्यवस्थापनको जिम्मेवारी सेनाले २०७४ साल वैशाख २१ गते पाएको थियो । कुल ७०.९७७ किलोमिटर लम्बाई रहेको सो आयोजनाको भौतिक प्रगति ३८.२६ प्रतिशत र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको सेनाको भनाइ छ ।
    त्यसैगरी, आयोजना अन्तर्गत रहेका जम्मा ७ वटा सुरुङ्गहरु मध्ये २ वटा सुरुङ्गको ब्रेकथ्रु सम्पन्न भईसकेको र २ वटा सुरुङहरु निर्माणाधीन रहेको सेनाको भनाइ छ । यस्तै अन्य ३ वटा सुरुङ्गहरुको डिजाइन तथा पूर्व तयारीका कार्यहरु भइरहेको छ ।
    सडक आयोजनाको भौतिक प्रगति अपेक्षा अनुसार नभएतापनि लक्ष्य अनुसार कार्य सम्पन्न गर्न कोशिस भईरहेको सेनाको भनाइ छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ११, आईतवार २०:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP