logo
  • २०८२ पुष ४ | Fri, 19 Dec 2025
  • ब्राउन सुगरसहित तीन जना प्रहरीको नियन्त्रणमा

    ब्राउन सुगरसहित तीन जना प्रहरीको नियन्त्रणमा

    रामशंकर भण्डारी

    सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

    जिल्लाको गोलबजार नगरपालिका–४ शिव मन्दिर चौकबाट इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गत मंगलबार राति क्याम्पस रोडबाट शिव मन्दिरतर्फ जाँदै गरेको स ३ प ६३४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
    जिल्लाकै गोलबजार–७ बस्ने पंकज मण्डल, वडा नम्बर –६ बस्ने अरविन्द सिंह दनुवार र वडा नम्बर–२६ बस्ने रबिन मुखिया रहेका प्रहरीले जानकारी दिएका छन्।
    प्रहरीले मुखियालाई चेकजाँच गर्ने कर्ममा लगाएको ज्याकेटको खल्तीबाट १ ग्राम १९० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
    नियन्त्रणमा लिएका तिनै जनालाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको सुचना अधिकारी तथा डिएसपी विरेन्द पासवानले बताए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन २, शुक्रबार २२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP